सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

6075
Shares
सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

काठमाडौं, फाल्गुन २४ः सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित र कम अभाव भएको भन्दै थप बजेट माग गरेको छ ।

विभिन्न नौ वटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ ।

अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा छन् ।

विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने, “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

6075
Shares

ट्रेन्डिङ