सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रेका धिनाजू श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रेका धिनाजू श्रेष्ठ पक्राउ

6940
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रेका धिनाजू श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काभ्रे धुलिखेल नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजू श्रेष्ठ र दक्षिणकाली नगरपालिका–३ सोखेलका ४० वर्षीय समुन्द्रकेशर केसी रहेका छन् ।

उनीहरूमध्ये केसीलाई अदालतबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्रेष्ठलाई छ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पीडितलाई सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो। उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको ब्यूरोले जनाएको छ।

6940
Shares

ट्रेन्डिङ