सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

6575
Shares
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएको जनाइएको छ।

दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रीमा जाने नेताहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बस्नु अघि प्रचण्डले देउवालाई भेटेका हुन्।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले पटक पटक मन्त्रीको नाम दिन भने पनि गठबन्धनका शीर्ष नेताहरुले अझै मन्त्रीको नाम दिएका छैनन्। गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।

6575
Shares

ट्रेन्डिङ