सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ओली प्रस्ताव गरेको पदाधिकारीमा घनश्याम भुसाल र भीम आचार्य बाहिर

ओली प्रस्ताव गरेको पदाधिकारीमा घनश्याम भुसाल र भीम आचार्य बाहिर

यी हुन् ओलीले बन्दसत्रमा प्रस्ताव गरेका पदाधिकारी

6140
Shares
ओली प्रस्ताव गरेको पदाधिकारीमा घनश्याम भुसाल र भीम आचार्य बाहिर

 

चितवन :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो टीमबाट घनश्याम भुसाल र भीम आचार्यलाई हटाएका छन्।

नौं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका भुसाल र सचिवमा निर्वाचित भएका आचार्यलाई आइतबार राति बन्दसत्रमा पदाधिकारी घोषणा गर्दा उनीहरुको नाम प्रस्ताव गरेनन्।

नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले १९ पदाधिकारी र केन्द्रीय कमिटीको नाम प्रस्ताव गरेका छन्।

मध्यरातमा सुरु भएको बन्दसत्रमा ओलीले सहमतिका लागि भन्दै कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्यको नाम पेस गरे।

ओलीले महासचिवको जिम्मेवारी शंकर पोखरेललाई दिएका छन्। उनले पूर्वमाओवादीबाट आएका रामबहादुर थापालाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा प्रस्ताव गरेका छन्।

यी हुन् ओलीले बन्दसत्रमा प्रस्ताव गरेका पदाधिकारी

अध्यक्ष
केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल

उपाध्यक्ष
युवराज ज्ञवाली, सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल

6140
Shares

ट्रेन्डिङ