सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • कांग्रेस वागमती प्रदेशमा फेरी मतदान हुने

कांग्रेस वागमती प्रदेशमा फेरी मतदान हुने

6320
Shares
कांग्रेस वागमती प्रदेशमा फेरी मतदान हुने

 

नेपाली कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ।

शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ मत ल्याए। यस्तै जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए।

शनिबार हेटौँडामा भएको मतदानमा कुल २ हजार १५१ मध्ये २ हजार ८३ मत खसेको थियो। अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।

 

6320
Shares

ट्रेन्डिङ