सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

3560
Shares
संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

 

काठमाडौँ, मङ्सिर २८ :  संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ।  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ।

छुट्टाछुट्टै बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार नेपाल प्र ह री र प्रदेश प्र ह री (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश बैठकमा पेश हुनेछ।

त्यसै गरी रेल्वे अध्यादेश, यौ न हिं सावि रु द्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेश गर्ने कार्य सूची छ।

आफूले का र बा ही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ।

अब बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आजको संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न एमालेले बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ।

 

 

3560
Shares

ट्रेन्डिङ