सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

मोर्चालाई फकाउदै प्रचण्ड

3515
Shares
मोर्चालाई फकाउदै प्रचण्ड

मधेसी मोर्चालाई सहमतिमा ल्याउन अन्तिम प्रयास भइरहेको छ । प्रचण्ड सरकारले निर्वाचन नगरे पनि मिति भने घोषणा गर्ने भएको छ । मधेसी मोर्चालाई सरकारले फकाउदै प्रचण्ड सरकार । आजदेखि तीनदिन मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन विषेश पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
सहमति नभए मोर्चालाई छाडेर भएपनि निर्वाचनमा जाने सरकारले तयारी गरेको छ । आज मधेसी मोर्चासँग निर्णाक वार्ता गर्ने र मोर्चा सहमतिमा नआएपनि चुनावको मिति तोक्ने प्रक्रियामा सरकार अघि बढ्ने प्रमुख तीनदलबीच सहमति भएको छ ।
त्यही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग संविधान संसोधन र चुनाव एकैसाथ अगाडी बढाउनेगरि मिति घोषणामा सहमति माग्नुहुनेछ । मोर्चाको माग अनुसार बिचको बाटो खोजेर निर्वाचनको मिति घोषणा गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मधेसी मोर्चाले भने संसोधन प्रस्ताव टुङ्गो लगाएपछि मात्रै चुनावका विषयमा सोच्न सकिने अडान राख्दै आएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठभित्रै स्थानीय निर्वाचन सम्पन्न गर्ने गरी यसै साता निर्वाचन मिति घोषणा गर्न सहमति भएपछि सरकार निर्वाचन मिति घोषणा गरेर अघि बढ्ने गरी जुटेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले सरकारले जतिसक्दो छिटो निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको जनाउँदै एमाले र मोर्चासँगको सहमति भएकै दिन मिति घोषणा हुने बताएको छ । यद्यपि, मोर्चा चुनावको नाम सुन्नासाथ भाग्ने गरेका कारण प्रधानमन्त्रीले ठोस निर्णय लिन सकिरहेका छैनन् ।
विन–विन’ को अवस्था सिर्जना गरेर निकास निकाल्ने गरी प्रधानमन्त्रीले छलफल गरिरहेको उनीनिकट स्रोत बताउँछ । यद्यपि, यस विषयमा ठोस धारणा सरकारले तय गर्न सकिरहेको छैन । माओवादी प्रवक्ता पम्फा भुसालले प्रतिपक्षी एमालेले पनि मधेसी मोर्चासँग छलफल अगाडि बढाइरहेको भन्दै अब संविधान संशोधन र निर्वाचन मिति एकैसाथ चाँडै घोषणा हुने बताइन् ।

3515
Shares

ट्रेन्डिङ