सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झण्डै तीन हजार मत गणना हुँदा गणेश लामा जितको नजिक

झण्डै तीन हजार मत गणना हुँदा गणेश लामा जितको नजिक

6045
Shares
झण्डै तीन हजार मत गणना हुँदा गणेश लामा जितको नजिक

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि करिब तीन हजार मत गणना गरिएको छ।

केहीबेर अघि सार्वजनिक पछिल्लो मत परिणामअनुसार काभ्रेका यूवा नेता गणेश लामा ३० औँ स्थानमा रहेका छन् । उनले अहिलेसम्म ११४३ मत प्राप्त गरेका छन् ।

जारी मतगणनामा डा. शशांक कोइरालाले नै अग्रता कायम राखेका छन्। कोइरालाले दुई हजार चार सय ४२ मत ल्याएर कोइराला अग्रस्थानमा छन्।

कोइरालालाई एनपी साउदले एक हजार ८ सय ९६ मत ल्याएर पछ्याइ रहेका छन्।

गृहमन्त्री बालकृष्ण खाँण एक हजार ८५१ मतसहित तेस्रो स्थानमा छन्। एक हजार ८०८ मत ल्याएर उदयशमशेर राणा चौथो तथा एक हजार सात सय ८२ मतका साथ रमेश लेखक पाँचौ स्थानमा छन्।

 

6045
Shares

ट्रेन्डिङ