सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • करेन्ट लागेर तीन बालबालिकाको मृ’त्यु

करेन्ट लागेर तीन बालबालिकाको मृ’त्यु

6090
Shares
करेन्ट लागेर तीन बालबालिकाको मृ’त्यु

दाङ : करेन्ट लागेर तीनजना बालबालिकाको मृ’त्यु भएको छ। कुलामा नुहाउँदै गरेका अवस्थामा पानीमा क’रेन्ट लाग्दा घोराही उपमहानगरपालिका- १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृ’त्यु भएको हो।

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृ’त्यु भएको दाङ प्र’हरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए।

पानी तान्ने मोटर र घरधनीलाई प्र’हरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको खड्काले बताए। एकै गाउँका तीनजना बालिकालाई करेन्ट लागेर मृ’त्यु भएपछि गाउँ शो’कमा डु’बेको छ।

6090
Shares

ट्रेन्डिङ