सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • विदेशमा दु:ख पाएका नेपालीलाई तत्काल नेपाल फर्काऊ : चिकित्सक सङ्घ

विदेशमा दु:ख पाएका नेपालीलाई तत्काल नेपाल फर्काऊ : चिकित्सक सङ्घ

9580
Shares
विदेशमा दु:ख पाएका नेपालीलाई तत्काल नेपाल फर्काऊ : चिकित्सक सङ्घ

काठमाण्डौ / चिकित्सक सङ्घले विदेशमा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीलाई तत्काल नेपाल ल्याउन माग गरेको छ । मेडिकल शिक्षा पढ्न बङ्गलादेश गएका पाँच सय ६४ जना विद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको तथा फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायत, अमेरिकालगायतका देशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल आउनको लागि चिकित्सक सङ्घलाई सहजीकरण गरिदिन अनुरोध गरिरहेको सङ्घले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड पुर्‍याएर उनीहरुको स्वदेश फर्कन पाउने हकको सम्मान गर्न चिकित्सक सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले अरब देशमा नेपाली कामदारको अवस्था नाजुक बन्दै गएको भन्दै तत्काल उनीहरुको उद्धारमा पहल गर्न पनि सरकारसँग अनुरोध गरेको छ ।

9580
Shares

ट्रेन्डिङ