सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • काभ्रेको बनेपामा पनि मतदान सकियो, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

काभ्रेको बनेपामा पनि मतदान सकियो, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

8615
Shares
काभ्रेको बनेपामा पनि मतदान सकियो, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

काभ्रेको बनेपा नगरपालिकामा मतदान सकिएको छ । जम्मा मतदाता ३८ हजार १ सय ४५ रहेको सो पालिकामा २९ हजार ३ सय ३२ मत मात्रै खसेको छ । वडा नं १ मा १ हजार ४ सय ८९,वडा नं २ मा १ हजार ६ सय २१ ,वडा नं ३ मा २ हजार ६ सय ३५ मत खसेको छ ।

त्यस्तै वडा नं ४ मा २ हजार ४सय १५,वडा नं ५ मा २ हजार ७ सय ५९,वडा नं ६ मा १ हजार ८ सय ४२ वडा नं ७ मा २ हजार ५सय ७४ मत खसेको छ । त्यसैगरी
वडा नं ८मा २ हजार ८ सय ५२,वडा नं ९ मा २ हजार ४ सय ५०,वडा नं १० मा २ हजार १ सय ३६,वडा नं ११मा १ हजार ३ सय ३८,वडा नं १२ मा १ हजार ७ सय ७४, वडा नं १३मा १ हजार ७ सय १२र वडा नं १४ मा १ हजार ७ सय ३५ मत खसेको छ ।

अहिले मतपेटिका संकलनको कार्य भएको छ। सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने बनेपाका निर्वाचन अधिकृत शारदा भण्डारीले जानकारी दिइन् ।

8615
Shares

ट्रेन्डिङ