सबैको समाचार
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • दरबन्दी हुँदा पनि सरकारले डाक्टर खटाउन सकेन, बिरामीको बिच्चली

दरबन्दी हुँदा पनि सरकारले डाक्टर खटाउन सकेन, बिरामीको बिच्चली

3560
Shares
दरबन्दी हुँदा पनि सरकारले डाक्टर खटाउन सकेन,  बिरामीको बिच्चली

बाँके, जेठ १२ । बाँकेको विकट क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरुमा एम.वि.वि.एस डाक्टरको दरबन्दी हुँदा पनि लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले डाक्टर खटाउन नसकेको पाइएको छ । सरकारी छात्रबृत्ति तथा जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगत दरबन्दी भएका डाक्टर तथा स्वास्थ्यकर्मी पनि सुविधा सम्पन्न ठाउँ मै कोचिएर बस्दा कार्यालयले उनीहरुको उचित व्यवस्थापन गर्न नसकेको देखिन्छ ।
बाँकेको राप्तीपारीको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको जनशक्ति अभावका कारण नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनुको साथै उनीहरु समस्यामा परे सीमापारी भारतीय बजार जान बाध्य छन् । केन्द्रमा डाक्टरसहित रहेको ११ जनाको कर्मचारीको दरबन्दीमा हाल जम्मा ६ जना कर्मचारी कार्यरत रहेकाहरु पनि नियमित उपस्थित नरहेको स्थानीयले गुनासो गरेका छन् । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले केही दिन भित्र बाँकेका सबै स्वाथ्य केन्द्रमा आवश्यक जनशक्ति पूर्ती हुने दावी गर्नु भएको छ ।

3560
Shares

ट्रेन्डिङ