सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

4800
Shares
नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

नेपाल टेलिकमले आजबाट जीएसएम प्रिपेड प्रयोकर्ता ग्राहकहरुलाई फोर–जी सेवा दिने भएको छ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर(जी सेवा दिन सुरु गरेको थियो । टेलिकमका अनुसार यो सेवा हाललाई काठमाडौं र पोखराका प्रिपेड ग्राहकहरुलाई मात्र यो सेवा उपलब्ध गराइने छ ।
टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।
टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर–जी सेवा प्रारम्भ गरेको थियो ।
१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ । फोर(जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।
काठमाडौंमा फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर–जी नेटवर्क उपलब्ध रहेको टेलिकमले बताएको छ ।

4800
Shares

ट्रेन्डिङ