रुकुम पश्चिममा जिप दुर्घटना भएको छ ।
जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । ५ जना घाइतेको अवस्था गम्भीर छ ।
चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा आज बिहान दुर्घटना भएको हो ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।