सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कांग्रेस काभ्रे सर्यो आफ्नै भवनमा

कांग्रेस काभ्रे सर्यो आफ्नै भवनमा

14325
Shares
कांग्रेस काभ्रे सर्यो आफ्नै भवनमा

नेपाली कांग्रेस काभ्रे आफ्नै भवनमा सरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कांग्रेस काभ्रे आफ्नै भवनमा सरेको हो । अब कांग्रेस काभ्रेले पार्टीका सबै काम कारबाही नयाँ भवनबाटै गर्ने हुने जिल्ला पार्टी सचिव दिनेश लामाले जानकारी दिनुभयो ।

‘ आफ्नै अभाव नहुँदा बैठक बस्न र पार्टीका साथीहरू बीच भेटघाट गर्ने निकै मुस्किल पर्ने गर्थ्यो, अब त्यो दिनको अन्त्य भएको छ, पार्टीका सबै काम यहि कार्यालयबाट सञ्चालन गर्न पाउँदा हामी ज्यादै खुशी छौँ, सचिव लामाले भन्नुभयो ।’

जिल्ला पार्टी सभापति मधु आचार्यले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अझै नवनिर्मित भवनमा काम पुरा भै नसक्ने भन्दै सहयोग गर्न अपील गर्नुभयो । नयाँ भवनमा सर्ने कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा क्षेत्रीय समितिका नेता, कार्यकर्ता सहभागी भएका थिए ।

14325
Shares

ट्रेन्डिङ