सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • स्थानीय तहको निर्वाचनमा काभ्रेका २४ दलले सहभागी हुन पाउने

स्थानीय तहको निर्वाचनमा काभ्रेका २४ दलले सहभागी हुन पाउने

6595
Shares
स्थानीय तहको निर्वाचनमा काभ्रेका २४ दलले सहभागी हुन पाउने

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेका मात्रै २४ दलले सहभागी हुन पाउने भएका छन् ।

चुनावका लागि जम्मा ७९ दलले चुनावमा भाग लिने छन्। निर्वाचन आयोगका अनुसार ६ वटा राष्ट्रिय मान्यता पाएका र बाँकी ७३ मान्यता नपाएका दलले भाग लिन लागेका हुन्।

आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा दललाई आफ्नो जिल्ला स्तरको संगठन संरचनाको विवरण चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरेको थियो।

स्थानीय तहको निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। यस्तै, मतदानस्थल १० हजार ७५६ र २१ हजार ९५५ मतदान केन्द्र छन्।

6595
Shares

ट्रेन्डिङ