सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पर्साद्वारा उपमेयरलाई ज्ञापनपत्र

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पर्साद्वारा उपमेयरलाई ज्ञापनपत्र

6760
Shares
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पर्साद्वारा उपमेयरलाई ज्ञापनपत्र

वीरगंज / विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को कारण सरकारले लागु गरेको लकडाउनको मारमा राष्ट्रिय सौनदर्यकर्मी युनियन नेपाल पर्साका महिला श्रमिकहरु परेका छन् । युनियन पर्साका महिला श्रमिकहरुले आफ्नो मात्र नभई यस पेशामा रहेका हजारौं महिलाहरुको कठिन अवस्थाप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउंदै ज्ञापन पत्र बुझाएका हुन् । राष्ट्रिय सौन्दयीकर्मी युनियन नेपाल पर्साकी अध्यक्ष सुमित्रा सापकोटाको नेतृत्वमा गएको टोलीले सोमबार वीरगंज महानगरपालिकाको कार्यालयमा पुगी उपमेयर शान्ति कार्की मार्फत मेयर बिजय सरावगीलाई ज्ञापनपत्र बुझाएका थिए ।

सौन्दर्यकर्मी कलालाई पेशा बनाएर जिविका चलाउंदै अँएका महिला श्रमजिवी लकडाउनको कारण अत्यन्त कष्टकर अवस्थामा पुगेका छन् । उनीहरु सरकारले पठाएको राहत पाउनबाट समेत बञ्चित भएका छन् । सरकारले लकडाउन खुकुलो पार्दा समेत ती महिला श्रमिकहरुको व्यवसाय संचालन नभएकोले उनीहरुलाई छाक टार्न समेत गाह्रो भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा पेशा संचालन गर्न लिएको ऋणको व्याज तथा करमा विशेष छुट गर्नुपर्ने, पेशा व्यवसायमा रहेकाहरुका लागि अरु ज्यालादारी श्रमिक सरहको राहत प्याकेज उपलब्ध गराउनुपर्ने, लकडाउन अवधिभरीको घरभाडामा छुटको व्यवस्था हुनुपर्ने, बैंक किस्ता र ऋणको व्याज तिर्न लकडाउन खुलेको कम्तीमा ६ महिना समय थप्नुपर्ने, लगायतका मागहरु रहेको थियो । ज्ञापन पत्र बुझाउनेमा कार्यमा युनियनकी पर्सा सचिव पिंकी गुप्ता, ओम कुमारी शर्मा, सुनिता मान्नधर, निशा अधिकारी मानन्धर लगायतको सहभागिता रहेको थियो ।

6760
Shares

ट्रेन्डिङ