सबैको समाचार
बिहिबार, असार २०, २०८१

सुनको भाउ ३ सय बढ्यो

170
Shares
सुनको भाउ ३ सय बढ्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ । 

170
Shares

ट्रेन्डिङ