सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ६ अर्ब लगानीमा पाँच ठाउँमा होटल खोल्दै: सांग्रिला

६ अर्ब लगानीमा पाँच ठाउँमा होटल खोल्दै: सांग्रिला

4880
Shares
६ अर्ब लगानीमा पाँच ठाउँमा होटल खोल्दै: सांग्रिला

सांग्रिला होटल एन्ड रिसोर्ट प्रालिले काठमाडौंसहित पाँच ठाउँमा नयाँ होटल खोल्ने भएको छ। काठमाडौं, पोखरा, भैरहवा, मेघौली र नेपालगंजमा नयाँ होटल खोल्न लागेको कम्पनीका प्रवन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेले जानकारी दिएका छन्। ‘६ अर्ब लगानीमा पाँच ठाउँमा होटल खोल्दै छौं’ पाण्डेले भने ‘पाँचदेखि १० वर्षभित्र होटल निर्माण पूरा हुनेछ।’
उनका अनुसार होटल निर्माणका लागि काठमाडौंको शिवपुरीमा जग्गासमेत खरिद भइसकेको छ।
कम्पनीले पाँचै ठाउँमा सांग्रिला ब्रान्डमा होटल सञ्चालन गर्न लागेको हो। भूकम्पपछि पुरानै लयमा फर्कन लागेको पर्यटन व्यवसायलाई थप सहयोग गर्न नयाँ होटल सञ्चालनमा ल्याउन लागेको पाण्डेले जानकारी दिए।
कम्पनीले सुविद्यासम्पन्न होटल बनाउने गरी डिजाइनको काम सुरु गरेको उनले बताए। काठमाडौंबाहेक पोखराको बेगनासमा पनि प्रक्रिया अघि बढिसकेको छ। ‘सबै ठाउँमा पाँचतारे होटल नबन्न पनि सक्छ,’ उनले भने, ‘तर, सेवासुविधा पाँचतारेभन्दा कम हुँदैन।’
राजधानीको लाजिम्पाट र पोखरामा दुई ठाउँमा होटल सञ्चालन गर्दैै आएको कम्पनीसँग अब आठवटा चेन होटल हुने पाण्डेले जानकारी दिए । अहिले कम्पनीसँग तीन वटा होटल छन् ।
pandey
उनका अनुसार काठमाडौंपछि पर्यटक जाने ठाउँ पोखरा र चितवन हो । त्यही ठाउँलाई मध्यजनर गर्दै होेटल खोल्न लागिएको हो । भूकम्पले थिल्थिलो बनाएको पर्यटन व्यवसाय विस्तारै अघि बढेको महसुस गर्दै सांग्रिलाले नयाँ होटल निर्माणको योजना बनाएको हो। नयाँ बन्ने होटलको कोठा संख्या भने तय भइसकेको छैन ।
अहिले सांग्रिलाजस्तै होटल व्यवसायमा विभिन्न व्यवसायिक घराना अघि बढेका छन्। चौधरी ग्रुप, एमआईटी ग्रुप, शंकर ग्रुप, नागरिक उड्डयन प्राधिकरण (क्यान)लगायतका समूहहरु पाँचतारे होटल निर्माणको तयारीमा जुटेका छन् । त्यसमध्ये एमआईटी ग्रूपले काठमाडौंमा शेराटन काठमाडौं होटल र चौधरीेले काठमाडौं, ललितपुर, पोखरामा निर्माण थालेको छ । त्यसैगरी, क्यानले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचचारे होटल निर्माण गर्ने भएको छ। नेपालखबर

4880
Shares

ट्रेन्डिङ