सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • महिलालाई बेहोस पारेर भारतमा बिक्री

महिलालाई बेहोस पारेर भारतमा बिक्री

4010
Shares
महिलालाई बेहोस पारेर भारतमा बिक्री

 

काठमाडौँ, २१ पुस: पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ ।

नेपाल प्र ह रीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्र ह रीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई प क्रा उ गरेको छ ।

उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पु¥याएर बेचेको ब्यूरोका प्र ह री उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पु¥याएको पीडितको बयान छ ।

उनले पीडितका दिदीबहिनीलाई नै यसरी पु¥याएको पनि खुल्न आएको छ । उनीहरुलाई छट्टाछुट्टै कोठीमा पु¥याएर बिक्री गरेको ब्यूरोको दाबी छ । भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ । उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पु¥याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ प क्राउ परेको प्र ह रीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्र ह री उपरीक्षक धमलाले जानकारी दिनुभयो ।

4010
Shares

ट्रेन्डिङ