सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेप्सेमा निरन्तर उछाल, करिब २७ महिनापछि २४ सयको विन्दु पार

नेप्सेमा निरन्तर उछाल, करिब २७ महिनापछि २४ सयको विन्दु पार

1000
Shares
नेप्सेमा निरन्तर उछाल, करिब २७ महिनापछि २४ सयको विन्दु पार

काठमाडौं :- आज कारोबार खुलेको २६ मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । यो परिसूचक करिब २७ महिनापछिको हो ।

यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४०० को विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो । सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब बढीको कारोबार भएको थियो ।

साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो ।

मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो । भने, बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । कांग्रेस-एमाले गठबन्धनको सरकार र अर्थमन्त्रालयको चाबी विष्णु पौडेलको हातमा पुगेसँगै लगानीकर्तामा उत्साह थपिएको छ ।

1000
Shares

ट्रेन्डिङ