सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेको जिल्ला अधिवेशनः बन्दसत्र सुरु हुँदै

एमाले काभ्रेको जिल्ला अधिवेशनः बन्दसत्र सुरु हुँदै

5960
Shares
एमाले काभ्रेको जिल्ला अधिवेशनः बन्दसत्र सुरु हुँदै

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ ।

बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुने बताइएको छ । दिउँसो १ बजेसम्म बन्दसत्र चल्ने छ ।

त्यसपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढ्ने । बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भवना निकै कम देखिन्छ । प्रतिनिधिहरुले कि त सबै पदमा सर्वसम्मत नभए सबै पदमा निर्वाचन गर्न नेतृत्व माथि दबाब सिर्जना गरेको बताइएको छ ।

केही पदमा सर्वसम्मत र केहिमा निर्वाचन गर्दा सन्देश नराम्रो जाने प्रतिनिधिहरुको बुझाइ छ । बन्दसत्र धुलिखेल नगरपालिकाको नवनिर्मित सभाहलमा हुनेछ ।

एमाले काभ्रेले १० औँ जिल्ला अधिवेशन धुलिखेल स्थित रंगशालामा हिजो उदघाटन गरेको थियो । जिल्ला अधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।

 

5960
Shares

ट्रेन्डिङ