सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

4445
Shares
आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

 

आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् ।

केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ ।

अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।

 

4445
Shares

ट्रेन्डिङ