सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा प्रहरीलाई घुस दिन खोज्ने तामाङ पक्राउ

काभ्रेमा प्रहरीलाई घुस दिन खोज्ने तामाङ पक्राउ

2850
Shares
काभ्रेमा प्रहरीलाई घुस दिन खोज्ने तामाङ पक्राउ

काभ्रे। काभ्रेमा प्रहरीलाई घुस दिन खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धुलिखेल नगरपालिका वडा नं. ११ काभ्रेभन्ज्याङमा स्कुटीलाई चेकिङको क्रममा सवारी चालक अनुमति पत्र माग्दा बिलबुक भित्र एक हजार राखी डिउटीमा खटिएको प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाउन खोज्ने रोशी गाउँपालिका ८ बस्ने बर्ष ५९ को सानुकान्छा तामाङ स्कुटी सहित पक्राउ परेका हुन् ।

चेकिङको क्रममा सवारी चालक अनुमती पत्र माग्दा पटक पटक यो मेरो लाइसेन्स हो भनि बिलबुक भित्र १ हजार राखी आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङ सहित उनको स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

2850
Shares

ट्रेन्डिङ