सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • जङ्गलमा दर्जन बढी सकेट ब म फेला

जङ्गलमा दर्जन बढी सकेट ब म फेला

6180
Shares
जङ्गलमा दर्जन बढी सकेट ब म फेला

 

 

काठमाडौं,२७ फागुन : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट ब म फेला परेको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट ब म फेला परेको हो।

 

बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले श ङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए। वडाले इलाका प्र ह री कार्यालय प्वाङमा खबर गरेपछि प्र ह री टोली उक्त बमको निगरानीमा खटिएको वडाध्यक्ष जीवन केसीले बताए। १० वर्षे सशस्त्र जनयुद्ध क्रममा लुकाइ राखेको ब मका सकेट हुन सक्ने वडाध्यक्ष केसीले जानकारी दिए।

 

जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट ब म रहेको प्र ह रीले जनाएको छ। बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्र ह रीको अनुमान छ।

 

सकेट ब म रहेको ठाउँमा निगरानी गरिएको र शुक्रबार (आज) जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्र ह री कार्यालयका प्र ह री प्रमुख डीएसपी गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

 

 

 

6180
Shares

ट्रेन्डिङ