सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रधानमन्त्री देउवाद्धारा काभ्रेका छोइसाङ लामा सम्मानित

प्रधानमन्त्री देउवाद्धारा काभ्रेका छोइसाङ लामा सम्मानित

5760
Shares
प्रधानमन्त्री देउवाद्धारा काभ्रेका छोइसाङ लामा सम्मानित

साङ दोर्जे शान्ति जेभिका प्रोपाइटर छोइसाङ लामा प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा सम्मानित भएका छन् ।हिजो काभ्रेको तेमाल गाउपालिकाको नब निर्मित प्रशासकिय भबन उद्घाटन समारोहमा उनलाई सम्मान गरिएको हो ।

यहि चैत्र ५ गते तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले उद्घाटन गरेका थिए । जम्मा लागत ४ करोड ६४ लाख निर्मित भवन २०७६ सालमा साङ दोर्जे शान्ति जेभिले निर्माणको ठेक्का पाएको थियो ।

२ बर्षमै निर्माण कार्य सम्पन्न गरि सेवा प्रदान गरेकोमा प्रोपाइटर छोइसाङ लामालाई सम्मान व्यक्त गरिएको तेमाल गाउँ पालिका प्रबक्ता ज्ञान बहादुर लामाले बताएका छन । त्यसैगरि प्रोपाइटर छोइसाङ लामाले निर्माण कार्यमा पुर्याएको योगदानलाई उच्च मुल्यांकन गरि सम्मान व्यक्त गरेकोमा आभार प्रकट गरिएको छ ।

 

5760
Shares

ट्रेन्डिङ