काठमाडौं, मंसिर १२ : मंगलबार साँझ काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलो पाखर आसपास केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँको साथै, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायत आसपासका जिल्लामा महशुस भएको थियो।