सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

काभ्रेमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

7850
Shares
काभ्रेमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

काभ्रेमा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । सडक बनाउने क्रममा पहिरो खस्दा डोजर चालकसहित २ जना घाइते भएका हुन् । जिल्लाको खानीखोला गाउँपालिका ४ जगथली पाखास्थित नयाँ बाटो खोल्ने क्रममा आज पहिरो झर्दा दुई जना घाइते भएका हुन् ।

पहिरोले डोजर (जेसीबी) पुरिएको र चालक उदयपुरका २३ वर्षीय मनिषराज गुर्जामगर र काभ्रे खानीखोला ४ बस्ने ४५ वर्षीय ज्ञानबहादुर स्याङ्तान घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तालढुंगाका अनुसार जगथलीमा बाटो खन्ने क्रममा बा ३ क ४३२३ नम्बरको जेसीबीसँगै सुख्खा पहिरोमा पुरिएर घाइते भएकाहरुलाई उद्धार गरी मकवानपुर चुरेहिल अस्पताल पठाएको छ ।

7850
Shares

ट्रेन्डिङ