सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • भारतका कारण नेपालमा सुन तस्करी

भारतका कारण नेपालमा सुन तस्करी

4385
Shares
भारतका कारण नेपालमा सुन तस्करी

भारतमा मोदी सरकारले पछिल्लो समयमा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएसँगै सुनको माग भारत ह्वातै बढेको छ ।
नेपाल र भारतको खुल्ला नाका भएको कारणे भारतमा आवत जावत र चोरी निकासी सजै गर्न सक्छन् तस्करहरुले जसले गर्दा तस्कहरुले नेपालको वाटो हुदै सुनलाई भारत लैजने काम अहिले ह्वातै बढेको छ । भारतमा मोदी सरकारले नोटबन्दी गरेका कारण भारता रहिस, धनाढ्यहरु अब नगद राख्न डराएको कारण नगद भन्दा सुन नै सुरक्षित महसुस गरी सुन राख्नाले सुनको माग भारतमा एकाएक बढेको अन्नपूर्णपोष्टमा समाचार छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवलले नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढेका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढेको बताए।
साथै नेपालमा भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले पनि सुन प्रयोग गर्न थालेको हुन सक्ने सिलवालले बताए। ‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’ अहिले नेपली बजारमा पनि सुनको माग उच्च छ ।

4385
Shares

ट्रेन्डिङ