सबैको समाचार
सोमवार, असार २९, २०८३
  • होमपेज
  • जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

1015
Shares
जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं :- सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्ध गर्न भनेको हो ।

यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र भागेर अन्य मुलुकमा जाने संभावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्ध गर्न आग्रह गरेको हो । राईको पासपोर्ट रद्ध गरी सो को जानकारी मेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।

पत्रमा भनिएको छ-

मुख्य प्रतिवादी गितेन्द्र वावु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद,प्रमाणहरू लोप तथा नास गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सपुर्दगी सन्धीमार्फत सहजै नेपाल झिकाउनको लागि निजले प्रयोग गरी रहेको नेपाली राहदानी नं.११६९८७२७ राहदानी ऐन,२०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्र साथ संलग्न राखी पठाइएको छ ।

प्राप्त भए पश्चात नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियन राजदूतावास,तालुक प्रहरी प्रधान कार्यालय,इन्टरपोल शाखा नक्शाल,काठमाडौं र यस कार्यालयमा पठाइ दिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ ।

1015
Shares

ट्रेन्डिङ