सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका कुन स्थानीय तहलाई कति बजेट ?

काभ्रेका कुन स्थानीय तहलाई कति बजेट ?

20070
Shares
काभ्रेका कुन स्थानीय तहलाई कति बजेट ?

काभ्रे : संघीय सरकारले संसदमा बजेट प्रस्तुत गरेसँगै आगामी आर्थिक वर्षका लागि स्थानीय तहहरुले पाउने बजेट पनि निर्धारण भएको छ । काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिका मध्ये बनेपा नगरपालिकाले सबैभन्दा बढी ५२ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । सबैभन्दा कम जिल्लाको कान्छो नगरपालिकाले ३५ करोड, ३८ लाख बजेट आगामी आर्थिक वर्षका लागि प्राप्त गरेको छ ।

पनौती नगरपालिकाले ४४ करोड ५२ लाख बजेट प्राप्त गरेको छ भने धुलिखेल नगरपालिकाले ४० लख ४६ लाख प्राप्त गरेको छ । त्यस्तै पाँचखाल नगरपालिकाले ३९ करोड २२ लाख रुपैयाँ प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिकाले ३८ करोड ८ लाख रुपियाँ मात्रै प्राप्त गरेको छ । यसैबीच ७ वटा गाउँपालिका मध्ये रोशी गाउँपालिकाले सबैभन्दा बढी ३८ करोड ४९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । गाउँपालिका तर्फ सबैभन्दा कम जिल्लाको अति विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाले २० करोड १८ लाख रुपैयाँ पाएको छ ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकाले ३२ करोड, ६८ लाख प्राप्त गरेको छ भने तेमाल गाउँपालिकाले २७ करोड ८८ लाख रुपैँया बजेट संघीय सरकार मार्फत प्राप्त गरेको छ । यस्तै बेथानचोक गाउँपालिकाले २४ करोड २२ लाख रुपैयाँ प्राप्त गरेको छ । भुम्लु गाउँपालिकाले २८ लाख बजेट पाएको छ भने डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले २६ लाख रुपैयाँ रकम पाएको छ ।

यी रकम समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान मार्फत प्राप्त भएका हुन् ।

20070
Shares

ट्रेन्डिङ