सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ

स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ

16260
Shares
स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ

प्रहरीले स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुईसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्‍न स्थानबाट स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको टोली उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिकानं. ११ का १८वर्षीय अरुण नेपाली, नमोबुद्ध नगरपालिका नं. ६ रोशिखोला घर भई हाल काठमाडौं महामनगरपालिका १८ नरदेवी बस्‍ने १८ वर्षीय विवेश लामा रहेका छन् ।

त्यस्तै नीलकण्ड नगरपालिका १० धादिङ घर भई काठमाडौंको क्षेत्रपाटी बस्‍ने १८ वर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका(१८ नरदेवी बस्‍ने १४ वर्षीय रामसुन्दर मानन्धर, र दाङ सिसामिया घर भई हाल काठमाडौंको डल्लु बस्‍ने १८ वर्षीय सूर्य परियार रहेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा अरूण नेपालीलाई पक्राउ परेपछि उनको गिरोहका थप व्‍यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैलालीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

16260
Shares

ट्रेन्डिङ