सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • धारिलो हतियार प्रहार गरी कांग्रेस कार्यकर्ताको हत्या

धारिलो हतियार प्रहार गरी कांग्रेस कार्यकर्ताको हत्या

5430
Shares
धारिलो हतियार प्रहार गरी कांग्रेस कार्यकर्ताको हत्या

चितवनमा अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा कांग्रेस कार्यकर्ता हत्या भएको छ । आइतबार साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका अनिल परियारको हत्या गरेको हो । कांग्रेसका स्थानीय नेताका अनुसार उनी कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए ।

निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता–कार्यकर्ता बिहानैबाट विरोधमा उत्रिएका छन् । परियारको शव राखिएको भरतपुर अस्पतालमा कांग्रेस–नेता कार्यकर्ता भेला भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरी अधिकारीका अनुसार आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन ।

स्थानीय कृष्णपुरको फुटबल मैदाननजिकै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

5430
Shares

ट्रेन्डिङ