सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • चिकित्सक दम्पतीको खोजि हिडे सार्वजनिक (भिडियो)

चिकित्सक दम्पतीको खोजि हिडे सार्वजनिक (भिडियो)

8170
Shares
चिकित्सक दम्पतीको खोजि हिडे सार्वजनिक (भिडियो)

गीतकार भम देवकोटा शर्माको रचनामा स्वरुपराज आचार्यले गाएको नया गीत खोजि हिडेको भिडियो सार्वजनिक भएको छ।

अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामांगले संगीत दिएका छन्। भम पेशाले चिकित्सक हुन् र उनि अमेरिकामा बस्छिन। आफ्नो कार्य क्षेत्र अमेरिकामै भएता पनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ। फुर्सदमा उनि कलम चलाउछिन र आफुले रचेका रचनाहरुलाई गीतको रुप दिनछिन।

उनको यो कदममा उनको श्रीमान प्रमोद शर्माले पनि राम्रो साथ दिने गरेका छन। प्रमोद पनि पेसाले चिकितसक नै हुन। तथापी उनमा पनि कलाकारिताको भुत सवार छ। त्यसैले त् उनले सार्वजनिक भिडियोमा अभिनय समेत गरेका छन।

प्रमोद संगै भिडियोमा अमृता श्रेष्ठले समेत अभिनय गरेकी छन। भिडियोका निर्देसक भने बसन्त सापकोटा हुन। दिपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रारम्भ क्रिएसन नामक युटुब च्यानाल मार्फत सार्बजनिक भएको छ। भिडियोमा समाजमा बिकराल रुपमा रहेको बलात्कारको घटनाको बिषय उठाउन खोजिएको छ।

8170
Shares

ट्रेन्डिङ