सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • एभरेष्ट बैंक लिमिटेडको ७० प्रतिशत बोनस शेयर पारित हुँदै

एभरेष्ट बैंक लिमिटेडको ७० प्रतिशत बोनस शेयर पारित हुँदै

4815
Shares
एभरेष्ट बैंक लिमिटेडको ७० प्रतिशत बोनस शेयर पारित हुँदै

एभरेष्ट बैकं लिमिटेडको २२ औं साधारण सभा आज लैनचौर ब्यांकेट ,लैनचौरमा हुँदखैछ । शनिबार बिहान ११ बजे हुन लागेको साधारणसभाले लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्दैछ ।
बैंकको उक्त सभाले आफ्नो लगानीकर्ताहरुको लागि ७० प्रतिशत बोनस शेयर र ३ बराबर १ को अनुपात मा हकपद शेयर पारित गर्ने भएको छ । यसको अलावा आर्थिक वर्ष २०७२/२०७३ को वार्षिक प्रतिबेदनमाथि छलफल ,नयाँ एडिटरको नियुक्ति र मर्जर आदि बारे प्रस्ताब पारित गर्नेछ ।
हाल २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस शेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । यसैगरी उक्त हकपद निष्कासन पछि बैंकको चुक्ता ६ अर्ब २० करोड रुपैयाँ माथि पुग्नेछ ।

4815
Shares

ट्रेन्डिङ