सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • असोज ७ गते सार्वजनिक बिदा दिने

असोज ७ गते सार्वजनिक बिदा दिने

737285
Shares
असोज ७ गते सार्वजनिक बिदा दिने

बुटवल :- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मिति २०८० साल असोज ७ गते आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिने यस कार्यालयको बिहीबारको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

737285
Shares

ट्रेन्डिङ