सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अस्पतालले मृत घोषणा गरी शवगृहमा राखिएका व्यक्ति जीवितै

अस्पतालले मृत घोषणा गरी शवगृहमा राखिएका व्यक्ति जीवितै

1550
Shares
अस्पतालले मृत घोषणा गरी  शवगृहमा राखिएका व्यक्ति जीवितै

इटहरी अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जीवितै रहेको पाइको छ ।

अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको हो । दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । 

मुसहरलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए ।

शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा जीवित पाइएको हो ।

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् ।

1550
Shares

ट्रेन्डिङ