सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अस्पतालले मृत घोषणा गरी शवगृहमा राखिएका व्यक्ति जीवितै

अस्पतालले मृत घोषणा गरी शवगृहमा राखिएका व्यक्ति जीवितै

2010
Shares
अस्पतालले मृत घोषणा गरी  शवगृहमा राखिएका व्यक्ति जीवितै

इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जीवितै रहेको पाइको छ ।

अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको हो । दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । 

मुसहरलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए ।

शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा जीवित पाइएको हो ।

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् ।

2010
Shares

ट्रेन्डिङ