सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

1670
Shares
आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

 काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।

महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

  महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत रोक लगाएको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो ।

1670
Shares

ट्रेन्डिङ