सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री

एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री

4240
Shares
एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो राइसिना डायलग’ अन्तर्गत ‘विग पोलिटिक्स एण्ड न्यु च्यालेन्जेस’ विषयको सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री डा महतले संविधानको दायराभित्र सबैलाई समेट्ने आफ्ना प्रयास जारी रहेको अवगत गराउँदै त्यसमा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन तोकिएको समयभित्र गराउनु हो भन्दै अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकको सद्भाव, ऐक्यबद्धता र सहयोग संविधानको कार्यान्वयन र नेपालको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
मन्त्री डा महतले शान्तिपूर्ण, समृद्ध र विकसित नेपालका लागि देशको अपार जलस्रोतको सम्भाव्यतालाई उपयोगमा ल्याउन दुई देशबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्य तथा नागरिकका दैनिक सवालमा भन्दा सुरक्षा तथा आतङ्कवाद नियन्त्रणमा बजेट खर्चनु परेका कारण अल्पविकसित मुलुकपछि परेको जनाउँदै उहाँले नेपालले दीगो विकास लक्ष्य र पेरिस सम्झौतालाई पछ्याउँदै आफ्ना विकासका पाइला अघि बढाउने स्पष्ट गर्नुभयो । रासस

4240
Shares

ट्रेन्डिङ