सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बौद्धिक अर्थतन्त्र बन्दैछ पाकिस्तान

बौद्धिक अर्थतन्त्र बन्दैछ पाकिस्तान

1520
Shares
बौद्धिक अर्थतन्त्र बन्दैछ पाकिस्तान

इस्लामावाद | आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बताएका छन् ।

उनका अनुसार पाकिस्तान सरकारले आफ्नो डिजिटल नीति मार्फत आर्थिक समृद्धि र डिजिटल रूपान्तरणको माध्यमबाट नागरिक सशक्तिकरण ल्याउने परिकल्पना गरेको छ । काकरले देशमा विद्युतिय–रोजगार केन्द्रहरू खोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।

उनका अनुसार हाल पाकिस्तानले एक सय ९० भन्दा बढी देशहरूमा सूचना प्रविधि तथा सूचना प्रविधि सँग सम्बन्धित सेवाहरू निर्यात गरिरहेको छ । करिब ९० प्रतिशतभन्दा बढी टेलीसघनताको साथ, पाकिस्तान पछिल्लो समय सूचना प्रविधि तथा सूचना प्रविधि सेवाहरूको वाह्य जनशक्ति उपलब्ध गर्नको लागि विश्वको दोस्रो आर्थिक रूपमा आकर्षक गन्तव्यको रूपमा स्थापित भएको प्रधानमन्त्रीले बताए ।

पाकिस्तान सफ्टवेयर निर्यात बोर्डले पाकिस्तानमा सफ्टवेयर प्रविधि पार्क (एसटीपी) को सङ्ख्या आठबाट ३० मा बढाएको उनले बताए । पाकिस्तानका साना सहरहरूमा थप ४० वटा सफ्टवेयर प्रविधि पार्क स्थापना गर्ने प्रक्रियामा रहेको बताउँदै कक्करले, सरकारले बहु–क्षेत्रीय डिजिटल रूपान्तरण पहलमार्फत् डिजिटल पाकिस्तानको दृष्टिकोणमा काम गरिरहेको बताए ।

1520
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका