काभ्रेपलान्चोक । पुर्वको लाईभ लाईन सडकको रुपमा रहेको विपी राजमार्गमा एम्बुलेसमै ठुलो परिणाममा लागु औसधको ओसार प्रसार भएको पाईएको छ। बिरामी सहित आएको एम्बुलेसमै ३००० हजार एम्पुल लागु औसध सहित एम्बुलेस र चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो।
२०८१-०८-२० गते राति करिब ९ बजेको समयमा रोशी गाउपालिका वडा न ९ मंगलटार चेकपोस्टमा विशेष सुचनाको आधारमा चेकजाच गर्दा महोतरीको बर्दिबासबाट जिल्ला हुदै राजधानी आउदै गरेको ज १ च १९०८ नम्बरको सुनौलो सोनौल लेखिएको एम्बुलेस ६ वर्षको विरामी सहित आएकोमा चेकजाच गर्दा चालकको सिट पछाडी झोला भित्र कार्टुनमा राखिएको नोफिन लेखिएको २ एम एलको १००० एम्पल ,र अर्को हरियो झोलामा रहेको कार्टुनबाट फेनारगण लेखिएको २ एम एलकै १००० एम्पल र डाईजेटपाम लेखिएको २ एम एलकै १००० एम्पल गरी कुल ३००० हजार एम्पल लागु औसध बरामत गरी प्रहरीले आज सार्वजनिक गरेको हो।
लागु औसध सहित प्रहरीले एम्बुलेस चालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका वडा न ६ हरीहरपुर् घर भएका ४४ वर्षीय सुरेश मिझारलाई पक्राउ गरेको हो। प्रहरीले चालक सहित एम्बूलेसलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गर्नका लागी अदालतबाट ५ दिनको म्याद थप गरिएको काभ्रे प्रहरीका सुचना अधिकारी मिन ब घलेले जानकारी दिनु भयो l
बिरामी लिएर आएको एम्बुलेसमा बिमार ६ बर्षीय बच्चा सहित आमा र बाबु रहेका थिए। बिमारीलाई भने अर्को एम्बुलेस मार्फत पठाएको जानकारी दिएको छ। प्रहरीले लागु औसधलाई अदालतमा पेश गरेर नस्टको प्रक्रिया अघि बढाउने समेत जनाएको छ।