सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

3730
Shares
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

मंसिर १४, काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् ।
तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २(१ ले पराजित गर्‍यो ।

म्यान सिटीका लागि केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गर्दा साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल फर्काए । बुधबार राती चेल्सीले स्वान्सी सिटीलाई १(० ले हराउँदा एन्टोनियो रुडिगरले निर्णायक गोल गरे।

यसैगरी ओलिभर जिरुको दुई गोल प्रेरित आर्सनलले हडर्सफिल्ड टाउनलाई ५(० ले हरायो। आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट, अलेक्सिस सान्चेज र मेसुत ओजिलले थप ३ गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ३(० ले हराउँदा मोहोमद सालाहले दुई तथा सादियो मानेले एक गोल गरे।

प्रिमियर लिगअन्तर्गत बुधबार राती भएका अन्य खेलमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई ४(० ले हराउँदा बर्न्लेले बर्नमाउथमाथि २(१ को जित निकाल्यो।

रातीका खेलपछि अंक तालिकामा १४ खेलबाट ४० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ३२ अंक छ भने २९ अंक जोडेको चेल्सी तेस्रो तथा २८ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेका छन् ।

3730
Shares

ट्रेन्डिङ