काठमाण्डाै | राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज अध्यादेश जारी गर्नुभएको हो ।