सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर

1675
Shares
ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर

काठमाडौं | काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ।

बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन्। उनको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको बताए।

1675
Shares

ट्रेन्डिङ