सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ : पूर्व राजा ज्ञानेन्द्र

सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ : पूर्व राजा ज्ञानेन्द्र

1080
Shares
सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा  ज्ञानेन्द्र शाहले पूर्वराजा शाहले जनताको सुख समृद्धिमा सुधार नहुनु चिन्ताको विषय भएको बताएका छन्।

नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन  नसकेको पूर्व राजा शाहाको भनाई छ ।

देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको उनको भनाइ छ।  देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना भएको उनले बताएका छन् ।

निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको र यसको बारे समयमै सोचौं सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ शाहाको भनाई छ ।

1080
Shares

ट्रेन्डिङ