सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी

सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी

735
Shares
सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी

जनकपुरधाम । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा लगिएको छ ।

 सिरोहिया  अहिले  धनुषा प्रहरीको हिरासतमा छन् । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

735
Shares

ट्रेन्डिङ