सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • १४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर गोरखाकी फुञ्जो लामाले बनाइन् कीर्तिमान

१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर गोरखाकी फुञ्जो लामाले बनाइन् कीर्तिमान

1130
Shares
१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर गोरखाकी फुञ्जो लामाले बनाइन् कीर्तिमान

काठमाडौं। नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् ।

सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ : २३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथामा सबैभन्दा छिटो पुग्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।

बुधबार दिउँसो ३ : ५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६:२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । 

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।

1130
Shares

ट्रेन्डिङ