सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै, बजेट सिलिङ १८ खर्ब पुर्‍याउने तयारी

साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै, बजेट सिलिङ १८ खर्ब पुर्‍याउने तयारी

680
Shares
साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै, बजेट सिलिङ १८ खर्ब पुर्‍याउने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट बनाउँदै छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरिरहेको हो ।

 मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ ।बजेटको आकार बढे पनि त्यसले विकासमा भने खासै योगदान गर्न नसक्ने अवस्था देखिएको छ ।

यससँगै, जाजरकोट भूकम्प प्रभावितका क्षेत्रको पुनर्निर्माण लागि पनि सरकारले यो वर्षबाट बजेट विनियोजन शुरु गर्नुपर्ने अवस्था छ । 

स्रोत समितिले बजेट निर्माणका लागि यसअघि १८ खर्बको ‘सिलिङ’ प्रदान गरेको थियो । त्यसमध्ये राजस्वले १२ खर्ब ४५ अर्ब रुपैयाँको योगदान गर्ने अनुमान समितिको थियो । यसमा थप ५० अर्ब राजस्व बढाउन सकिने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

680
Shares

ट्रेन्डिङ