सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सिन्धुलीको होटलमा बसेका युवक मृत भटिए,सँगै कोठामा बसेकी महिला पक्राउ

सिन्धुलीको होटलमा बसेका युवक मृत भटिए,सँगै कोठामा बसेकी महिला पक्राउ

7200
Shares
सिन्धुलीको होटलमा बसेका युवक मृत भटिए,सँगै कोठामा बसेकी महिला पक्राउ

सिन्धुलीको सिन्धुलीमाढीको डाँफे होटलमा एक युवक सोमबार मृत फेला परेका छन् । कमलामाई नगरपालिका–६ का ३४ वर्षीय सुमन बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

होटलमा मृतक भेटिएका ती युवासँगै बसेकी घ्याङलेख गाउँपालिकाकी–३५ वर्षीया माया रानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको टाउकोमा बोतलले हानेको चोट जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

स्थानीयका अनुसार प्रहरीले नियन्त्रणमा लिएको महिला र मृतक बिक आइतबार दिउँसोदेखि नै होटलमा सँगै रहेका थिए ।

 

महिलाले होटलको कर्मचारीलाई कोठामा आफूले मान्छे मारेको र प्रहरीलाई बोलाउन आग्रह गरेको बताइएको छ । अवैध सम्बन्ध र लेनदेनको विषयमा हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

 

7200
Shares

ट्रेन्डिङ