सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

1155
Shares
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

काठमाडौं । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु भएको छ ।

यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने छ ।अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइनेछ ।

 विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले बताए ।

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार जिल्लामा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ । 

1155
Shares

ट्रेन्डिङ